इटहरी । धरानमा धार्मिक तथा सद्भाव र्याली निकाल्न इटहरीबाट हिँडेको हिन्दुवादीहरुलाई प्रहरीले तरहरा स्थित पानीपियाको जंगल क्षेत्रमै छेकेर रोकेको छ ।
तरहराबाट धरान तर्फ प्रवेश गर्ने पानीपिया क्षेत्रमा ठुला ठुला बेरियर सहित बाक्लो संख्यामा रहेका प्रहरीले हिन्दुवादीहरुलाई रोकेका छन् ।
धरान नै पुग्न नदिएपछि सम्भावित दुर्घटना टर्न सक्ने भन्दै प्रहरीले हिन्दुवादीहरुलाई धरान प्रवेश गर्न नै रोकेको हो ।
पानीपिया क्षेत्रमा बिहानैबाट ठुलो संख्यामा प्रहरी परिचालन भएका थिए ।
जंगल पार गरेर जान सक्ने अवस्था नभएपछि हिन्दुवादीहरु सोही क्षेत्रमा रोकिएका छन् । विभिन्न शहरबाट आएका हिन्दुवादीहरु सोही ठाउँमा रोकिएका छन् । ठुलो संख्यामा भेला भएका हिन्दुवादीहरुले रोकिएकै ठाउँमा कोण सभा गरेका छन् । कोणसभालाई विभिन्न ठाउँबाट आएका धर्मगुरुहरुले सम्बोधन गर्ने उनीहरुले बताएका छन् ।
कोण सभामो बोल्दै धर्मगुरुहरुले प्रशासनले शान्तीपूर्ण र्याली गर्न नदिएको भन्दै आक्रोस पोखेका छन् । उनीहरुले गो वध गर्नेको संरक्षण गरेको भन्दै प्रशासनको तिव्र विरोध गरेका छन् ।