विराटनगर । राष्ट्रिय युवा सङ्घ मोरङको अध्यक्षमा प्रविन घिमिरे चयन भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकामा भएको नवौँ जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय नयाँ कार्य कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो । 
नेकपा एमालेको युवा सङ्गठन कमिटीको उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सहसचिवमा इन्द्र श्रेष्ठ, रेसम मगर तथा कोषाध्यक्षमा विपना बुढाथोकी चयन भएका छन् । 
अधिवेशनमा युवा सङ्घ केन्द्रीय अध्यक्ष क्षितिज थेबे, नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत, नेकपा एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेल लगायतले आ–आफ्नो  धारणा राखेका थिए ।।