सुनसरी । इटहरी उपमहानगरपालिले वृद्धि गरेको करको दर घटाउन प्रतिनिधि सभामा समेत आवाज उठेको छ ।
प्रतिनिधि सभाको आज मङ्गलवार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले इटहरी उपमहानगरपालिकाले नागरिकको ढाड सेक्ने गरी कर बढाएको भन्दै आवाज उठाएका हुन ।
बैठकमा चौधरीले उपमहानगरपालिकाले बढाएको करको चौतर्फी विरोध हुँदा समेत स्थानीय सरकार मौन बसेको आरोप लगाए ।
कर वृद्धिको विरोधमा विगत २० दिन देखी आन्दोलन जारी रहे पनि स्थानीय सरकार मौन बसेको भन्दै सभामुख मार्फत ध्यानाकर्षण गराएका छन् ।
करको दर अत्यधिक बढाइएपछि सर्वसाधारण मारमा परेको जनाउँदै सांसद चौधरीले कर वृद्धि फिर्ता हुनुपर्ने बताए ।