इटहरी । सुनसरीमा एक महिलामाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ। राम धुनी नगरपालिका वडा नम्बर ८ स्थित पौडेल चौकमा एक महिलामाथि सामूहिक रूपमा निर्घात कुटपिट भएको हो । चार जना वयस्क व्यक्ति र एक जना नाबालकसमेत मिलेर महिलामाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । स्थानीय सन्तोष साह र उनको परिवार मिलेर यादव समुदाय की एक महिलामाथि कुटपिट गरेको स्थानीयले बताएका छन् ।
घटना मङ्गलवार दिउँसो ११ बजेको भएको स्थानीयको भनाई छ। पीडित महिलालाई घरमा एक्लै भएको बेलामा घरभित्रै कुटपिट गरेर बाहिर ल्याएर समेत कुटपिट गर्न थालेपछि छिमेकीले भिडियो खिचेको भिडियोमा देखिन्छ ।
पटक–पटक झैझगडा भइरहने र प्रहरीकोमा पुगेर मेलमिलापसमेत हुने गरेको प्रहरी चौकी डुम्राहाका प्रहरी सहायक निरीक्षक सनम राजवंशीले जानकारी दिए । दुई तिन पटक चौकीमा पनि पुगेर झगडा नगर्ने भनेर सहमति गरेर गएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।