विराटनगर । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा व्याख्यात्मक घोषणा भनेर सरकारले नेपाली जनतालाई ढाँटेको आरोप लगाएका छन् ।
एमसीसी परियोजना आजबाट पूर्ण कार्यान्वयनमा जाँदैछ । सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन हिँडेका अध्यक्ष ओलीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताए ।
१२ बुँदे व्याख्यात्मक घोषणा गरेर नेपाली जनतालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले ढाँटेको उनले आरोप लगाए ।
ओलीले संचारकर्मीसँग भने, ‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो । पहिला नै पास गर्दा ठीक हुन्छ÷हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन ।’
तर एमसीसी नेपालको संसदले अनुमोदन गरेको विषय भएकाले कार्यान्वयनमा जाने उनले बताए ।
एमसीसीलाई पूर्ण कार्यान्वयनमा लैजाने कार्यक्रमका लागि एमसीसीका उपाध्यक्ष क्यामरन अलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् ।