लक्ष्मी उप्रेती
मेचीनगर । तीन महिनाअघि भारतको अग्रोहा धामबाट सुरु भएको ‘श्री आद्य महालक्ष्मी अन्तर्राष्ट्रिय रथयात्रा २०८०’ शुक्रवार नेपाल  आइपुगेको छ । विश्वभरिका अग्रवालहरूकी कुलदेवीका रूपमा रहेकी महालक्ष्मी अन्तर्राष्ट्रिय रथयात्रा २०८० पाँच हजार वर्ष पुरानो अग्र सेन राज्यको राजधानी मानिएको भारतको हरियाणा स्थित अग्रोहा धामबाट सुरु भएको थियो । भारत र भुटान हुँदै रथयात्रा शुक्रवार नेपाल प्रवेश गरेको हो ।bharat nepal rath yatra (4)
महालक्ष्मीको प्रतिमासहित आएको रथयात्रालाई नेपाल भारतको सीमाको मेची पुलबाट विभिन्न जातजातिका झाँकी, पञ्चेबाजासहित ठुलो सङ्ख्यामा उपस्थित सहभागीहरूले स्वागत गर्दै कार्यक्रम स्थल मेचीनगर— ६ काँकडभिट्टाको लक्ष्मीनारायण मन्दिर परिसरमा ल्याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकाका निमित्त प्रमुख मिना पोखरेल उप्रेती, अग्रवाल समुदायसँग सम्बन्धित र थुप्रै धार्मिक सङ्घ सङ्गठनसहित स्थानीयवासीले रथयात्राको स्वागत गर्दै कार्यक्रम स्थलसम्म पुर्‍याएका थिए । 
लक्ष्मीनारायण मन्दिर परिसरमा  अग्रवाल समाज मेचीनगरले आयोजना गरेको पूजन महा आरती एवम् समुद्घाटन समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख राना मगरले  इच्छाशक्ति भए मानवले जस्तोसुकै सेवा गर्न सक्ने बताइन् । ‘समाजसेवाका लागि मनग्य पैसा धन दौलत चाहिँदैनन्,  उनले भनिने,सफा मन र तन भए काफी हुन्छ ।’ bharat nepal rath yatra (6)
मेचीनगर नगरपालिकाका निमित्त प्रमुख मिना पोखरेल उप्रेतीले  महालक्ष्मी एक नारीको प्रतिक भएकाले जहाँ नारीहरू पुजिन्छन्, त्यहाँ देवता खुसी हुने स्पष्ट बताइन् । शास्त्रमा नारीको सम्मान गर्नुपर्छ भन्ने विषयमा विभिन्न उक्तिहरू पाइने बताएकी उप्रेतीले  जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् । त्यहाँ देवताको बास हुन्छ । जहाँ नारीको सम्मान तथा पूजा हुँदैन त्यहाँ गरिएका समस्त राम्रा कामहरू पनि निष्फल हुन्छन्  ।’
कोशी प्रदेशसभा सदस्य सांसद गोपाल तामाङ, सञ्चारकर्मी चन्द्र भण्डारी, अखिल भारतीय अग्रवाल समाजका वरिष्ठ उपाध्यक्ष एवम् श्री आद्य महालक्ष्मी अन्तर्राष्ट्रिय रथयात्रा २०८० संयोजक सुरेश बंशल, श्री आद्य महालक्ष्मी अन्तर्राष्ट्रिय रथयात्रा २०८० नेपालका संयोजक विनोद अग्रवाललगायतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । 
‘श्री आद्य महालक्ष्मी अन्तर्राष्ट्रिय रथयात्रा २०८०’लाई नेपालमा स्वागत गर्दै मारवाडी महिला मञ्च धुलाबारीबाट पीँकी, अनु, मिना, कमला, प्रीति, सरिता, सिमाले स्वागत गरे । bharat nepal rath yatra (1)मारवाडी महिला मञ्च काँकडभिट्टाबाट स्वागत गीत र रथयात्राका मेचीनगर संयोजक विजय डालमियाले कार्यक्रमको अध्यक्षता गर्दै  अग्रवालहरूको कुलदेवी आद्य महालक्ष्मीको जन आर्शिवाद लिने उद्देश्यले  भारत हरियाणाको अग्रोहा धामबाट अखण्ड ज्योति सहित प्रारम्भ भएको स्पष्ट पारे । 
आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विभिन्न देशमा रहेका अग्रवाल समुदाय सहित सबै सनातन हिन्दु धर्मावलम्बीहरु बीच रथयात्राको आयोजना गरिएको संयोजक डालमियाले बताए ।  रथयात्रामा भारतबाट विद्युतीय रथसँगै चार जना रहेकाले स्थानीय अग्रवाल समुदायले नै आफ्नो क्षेत्रमा रथयात्रालाई अघि बढाउने कार्यक्रम रहेको बताए ।  कार्यक्रममा उपसभामुख राना मगरलाई विशेष सम्मान समेत गरिएको थियो ।bharat nepal rath yatra (3)

रथयात्रा  शुक्रवार बिर्तामोडमा रात्रि विश्राम पछि शनिवार झापाको सुरुङ्गा, दमक, मोरङको उर्लाबारी, सुनसरीको  इटहरी हुँदै धरानमा रात्रि विश्रामको कार्यक्रम रहेको मारवाडी सेवा समिति काँकरभिटटाका संस्थापक अध्यक्ष रोशन अग्रवालले जानकारी दिए ।  आइतबार  धरानबाट हिँड्ने रथयात्रा दुहबी हुँदै विराटनगरमा राती विश्राम गरेर सोमबार जोगबनी हुँदै भारत  प्रस्थान गर्नेछ ।