विराटनगर । बुढीगंगा गाउँपालिले पालिकाको प्रतीक चिन्ह (लोगो) स्वीकृत गरेको छ । बुढीगंगा गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकबाट गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) स्वीकृत गरी सार्वजनिक गरिएको हो । २०८० साउन २१ गते कार्यपालिकाको बैठकको निर्णयले सार्वजनिक सूचना अनुसार पालिकाको प्रतीक चिन्ह लोगोहरू मध्ये बुढीगंगा गाउँपालिका वडा  १ का कपिल सुनुवारले डिजाइन गरेको लोगो स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले जानकारी दिए । स्वीकृत भएको लोगो भदौ १५ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार राजपत्रमा समेत प्रकाशित गरिएको उनले बताए । राजपत्रमा प्रकाशित लोगोमा हाती, पानी ट्याङ्की, थारु समुदायको भेषभुषा, उद्योगधन्दा, मेडिकल कलेज, खोला किनारमा माछा मार्दै गरेको तथा गोरु जोतेको र बयल गाढामा जुट बोकेको प्रतीक उल्लेख गरिएको छ ।