सुनसरी । मेची महाकाली बुहारी संयुक्त आवाजको केन्द्रीय अध्यक्षमा चन्दा काफ्ले तथा कोशी प्रदेश संयोजकमा पूजा बिडारी चयन भएकी छिन् । 

मंगलबार झापाको दमकमा चौथो बार्षिक उत्सव तथा बार्षिक साधारण सभाले सर्वसम्मत रुपमा अध्यक्षमा काफ्ले र प्रदेश संयोजकमा बिडारीलाई चयन गरेको हो । 

साधारण सभाले हाल अध्यक्ष तथा प्रदेश संयोजक मात्रै चयन गरेको छ भने केही समयमा समिति विस्तार गर्ने जनाएको छ । 

नवनिर्वाचित कोशी प्रदेश संयोजक बिडारीले महिला शसक्तिकरणका लागि काम गर्ने प्रतिवद्दता जनाईन । 

बार्षिक उत्सबलाई तिज विशेष मनाईएको थियो । कार्यक्रमको प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई रहेकी थिईन भने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी विशिष्ट अतिथि रहेकी थिईन । चन्द्रमाया निरौलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

सुनसरी, मोरङ,झापा, ओखलढुंगा लगायत पहाडी जिल्लाका जिल्ला कार्यसमिति, प्रदेश समिति तथा आजिवन सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा लेखा समिति संयोजक गंगा भट्टराईले प्रतिवेदन प्रस्तुत गरेकी थिईन । 

कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले सम्पूर्ण बुहारीहरुलाई महिलाहरुलाई परेको समस्या, महिलाको अधिकार प्राप्तका लागि आवाज विहिनहरुको आवाज बन्न सबैलाई आग्रह गरिन् । 

यस्तै कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारीले तिज पर्व गाउँने नाचने मनाउनुपर्ने तर भड्कीलो बनाउन नहुने बताईन । आर्थिक मन्दीको समयमा तिजलाई भड्कीलो बनाउन नहुने उनले बताईन । 

 मेची महाकाली बुहारी संयुक्त आवाजले महिला तथा बालबालिका माथि हुने हिंसाविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ ।।