विराटनगर । विराटनगरको रथयात्रा अबलोकनका लागि  २४ वटा पालिकाका मेयर उपमयर तथा सचिवालयका कर्मचारीहरू विराटनगर आएका छन्  । रथयात्राको लागि बोलाइएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह भने नआउने भएका छन्  । आज दिउँसो करिब ३ः३० बजे  निस्कने रथयात्रामा सहभागी हुन बालेन सहित देशभरिका नगर प्रमुख र उपप्रमुख आउने भनेर प्रचार गरिएको थियो ।  अरू पालिकाबाट मेयर उपमेयर रथ यात्रा अबलोकनका लागि  सहभागी हुने छन् भने बालेन काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन भए पनि नआउने भएका हुन् । दिउँसो १२ ः ३० को उडानबाट विराटनगरको रथयात्रामा सहभागी हुने र अवलोकन गर्ने भनिए पनि बालेनको विराटनगर आउने कार्यक्रम एकाएक स्थगित भएको विराटनगर महानगरपालिका श्रोतले जनाएको छ।
बुधवार नै विराटनगर आएका अन्य पालिकाका मेयर उपमेयर भनेँ कार्यक्रम स्थलमा जाँदैछन्  । नगर प्रमुख  र उपप्रमुखलाई रथयात्राको अवलोकन गर्नकोलागि  विराटनगर महानगरपालिकाले विशेष व्यवस्था गरेको छ। सिटिनेट अन्तराष्ट्रिय नेपाल च्याप्टरको अधिवेशन सकिएसँगै टोली २ बजे रथयात्रा शुृरु हुने स्थल राधाकृष्ण मन्दिर तीनपैनी पुग्ने कार्यक्रम रहेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाका अनुसार रथयात्रा शुरु हुने स्थलमा २ बजे पुग्ने मेयर उपमेयरहरु रथ तानेर गाडीमा वडानम्बर ९ को कार्यालयको छतबाट रथ यात्राको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । 
रथयात्रामा सहभागी हुनकालागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई समेत निम्ता गरिएको थियो । उनी सहभागी नहुने भएका छन् ।  धर्मको नाममा विवादमा पर्दै आएका साम्पाङले राधाकृष्ण रथयात्रालाई महत्त्व नदिएको श्रोतको भनाई ।