विराटनगर । प्रदेश नम्वर १ पुन नामङ्कन सङ्घर्ष समितिले धरानमा हुने युवा सङ्घ कोशीको प्रदेश अधिवेशनका लागि तयार पारिएको प्रचार सामाग्रीमा  कोशी शब्द नलेख्न चेतावनी दिएको छ । 
बिहिबार विज्ञप्ती जारी गर्दै संघर्ष समितिले  कोशी  लेखिएको बोर्ड, व्यानर, छाप मेट्ने, हटाउने, च्यात्ने कार्य निरन्तर  रहेको भन्दै प्रचार सामाग्रीमा कोशी नलेख्न चेतावनी दिएको हो । 
विज्ञप्तीमा कोशीको पक्षमा मतदान गर्ने ८२ जना प्रदेश सभा सदस्यलाई समेत अधिवेशनमा नवोलाउन आग्रह गरेको छ । 
विज्ञप्तीमा भनिएको छ ‘कोशी’ नाम राख्न हस्ताक्षर गर्ने ८२ जना मध्येको कुनै पनि प्रदेश सांसद र जायज माग सहितको जनताको आन्दोलनलाई अपशब्द प्रयोग गरी गाली गर्ने पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वमन्त्री योगेश भट्टराईलार्य नबोलाउन आग्रह गर्दाछौ । 
विज्ञप्तीमा युवा सङ्घका अध्यक्षे छितिज थेबेलाई कार्यक्रममा नबोलाउन आयोजक पक्षलाई आग्रह गरिएको छ ।
एमाले निकट युवा सङ्घको प्रदेश अधिवेशन भदौ २३ र २४ गते  धरानमा हूँदै छ । 
अधिवेशनको मिति नजिक आँउदै गर्दा सङ्घर्ष समितिले विज्ञप्ती जारी गर्दै  भदौ ८ गते धनकुटाको चौबिसे गाउँपालिका–६, राजारानी टुक्रे, तयालुङ चोकमा कालो झण्डा देखाउने क्रममा पहिचानवादी नेता कार्यकर्ताहरू दीवा चेम्जोङ, बुलुन लिम्बु, शुक्रबहादुर लिम्बु, सानुकुमार लिम्बु, आरामकुमार लिम्बु लगायतलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले लगाइएको मुद्दा फिर्ता लिनुपर्ने  माग अघि सारेको छ । 
विज्ञप्तीमा धरानमा दुई यस अघि युवा सङ्घ सँग वार्ता भएपनि निश्कर्षमा नपुगेलको आन्दोलदनका कार्यक्रम यथावत रहेको उल्लेख छ । विज्ञप्तीमा किराँत याक्थुङ्ग चुम्लुङ्गक अध्यक्ष प्रेम येक्तेन, पहिचान सहितको प्रदेश नम्वर १ पुन नामङ्कन अभियान समितिका डाकेन्द्र सिङ्ग थेगिम,नेपाल आदीवासी जनजाती महासङ्घका अध्यक्ष ग्याल्ज शेर्पा,किराँत राई यायोख्खाका अध्यक्ष जीवन हाताचो,नेपाल शेर्पा सङ्घका महासचिब लाक्पा शेर्पाले हस्ताक्षर गरेका छन् । 

यस अघि युवा सङघ कोशीको अबिधेशन धरान स्थित याक्थुङ्थ चुम्लुङको भवनमा गर्ने भनिएपनि विरोध भएपछि लाङ्घाली सामुदायिक वनको भवनमा गर्ने तयारी भएको छ ।  युवा सङ्घले धरानबाट कार्यक्रम नसार्ने बताइरहदाँ मुठभेडको अवस्था बनेको छ ।