विराटनगर: विराटनगरबाट प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगरको ऐतिहासिक रथयात्रा २०८० को अवसरमा रथको फाइदा उठाउँदै विभिन्न शङ्कास्पद गतिविधिमा गर्ने उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको हो । शङ्कास्पद गतिविधिमा संलग्न र विगतमा विभिन्न आपराधिक गतिविधि समेतमा संलग्न रहेका ३० जना पुरुष र ८ जना महिलालाई नियन्त्रणमा लिएको डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । पक्राउ पर्नेमा ६ जना नेपाली, ३२ जना भारतीय छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूको गतिविधिलाई निगरानी गरेका थिए । अवैध गतिविधि नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको दाहालले बताए ।