इटहरी । इटहरीमा श्रीकृष्णजन्माष्टमीको भव्य रथयात्रा निकालिएको छ । इटहरीको राधाकृष्ण मन्दिरबाट आज दिउँसो ३बजे पछि रथयात्रा निकालिएको थियो । आज निकालिएको रथयात्रामा हजारौँ सर्वसाधारण भक्तजनहरूको सहभागिता देखिएको थियो । विगतका वर्ष भन्दा यस वर्ष रथयात्रामा सहभागी हुने भक्तजनहरू दोब्बर बढीको सङ्ख्यामा देखिएको थियो । 
रथयात्रामा इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेल पनि सहभागी भएर रथसँगै हिँडेका थिए । 

rath 4

राधाकृष्ण मन्दिर परिसरबाट निकालिएको रथयात्राले इटहरीको पश्चिम तर्फ कलङ्की चौक हुँदै पुन इटहरी चौकबाट उत्तर तर्फ आर्मी ब्यारेक सम्म पूर्वमा बुढिखोला किनारको मिलन चौक हुँदै पुन इटहरी बजारको परिक्रमा गर्दै मन्दिर परिसरमा पुगेर समापन भएको छ । 
rath 6

राधाकृष्ण रथयात्रामा विभिन्न जातजातिका झाँकी, धार्मिक तथा सामाजिक संस्थाका झाँकीहरू सहभागी भएका थिए । जातजातिका परम्परागत भुेषभुषा सहितको झाँकी तथा नेवार समुदायको लाखेले थप रौनकता थपेको थियो ।  
rath 3
lakhe_itahai
rath 2
रथयात्रामा हिँडेका भक्तजनहरूलाई विभिन्न सामाजिक संस्थाहरूले ठाउँ ठाउँमा चिसो पानी तथा जुस खाने व्यवस्था मिलाइएको थियो । 
rath 7

रथलाई लामो रुटमा हिँडाउँदा इटहरीको सवारी आवागमनमा भने समस्या भएको थियो । सवारीहरू ीवच सडकमै जाम भएर बस्नु परेको थियो । सवारी व्यवस्थापन मिलाउन ट्राफिक प्रहरीलाई भने निकै मुस्किल भएको थियो । 
rath 1
rath 9

rath 10