विराटनगर । जात्रामा भएको विवादका पछि कोशी प्रदेश सभाका सदस्य खगेनसिं हांगमलाई प्रहरीको टोलीले घरैमा गएर आक्रमणको प्रयास गरेको छ । 
ताप्लेजुङ १९२० बाट नेपाली काङ्ग्रेसका तर्फबाट विजयी भएका हाङ्गामले घरैमा आएर आफूमाथि आक्रमणको प्रयास भएको बताए । ताप्लेजुङ घर गएका  बेला हाङगामलाई  राती १० बजे प्रहरी टोलीले पेस्तोल तेर्स्याएर  ‘कक’ गरेको आरोप  लगाएका छन् । 
नेपाली काँग्रेसका कार्यकर्तालाई प्रहरीले मदिरा सेवन गरी कुटपिट गरेपछि दिउँसो देखि नै प्रहरी र काँग्रेस कार्यकर्ताको बिचमा भनाभन भएको हाङ्गामले बताए ।  
‘दिउँसो एक बहिनीलाई  मापसे सेवन गरेर  दुःख दिएको देखेपछि काँग्रेसका कार्यकर्ताहरू मिलेर त्यसो नगर्न भनेका थिए । यही विषयलाई लिएर प्रहरीले घरमै आएर मलाई आक्रमणको प्रयास भयो । 
उनले काठमाडौँबाट आएका  क्षेत्रीय उपसभापति पेमा लामालाई प्रहरीले कुटपिट भएको बताए । उनले भने, राती घरमा रहेको बेलामा जिल्ला प्रहरी कार्यालय  ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी राजन लिम्बुले टोली पठाएर आफूमाथि मार्ने प्रयास गरेको  आरोप लगाए ।
‘प्रहरीले नै सादा पोसाकका गुन्डा लगाएर मलाई मार्ने प्रयास भयो, उनले भने,  म माथि पेस्तोल तेर्स्याएर कक गरेका थिए ।’  
सादा पोसाकमा ठुलो सङ्ख्यामा प्रहरी पठाएर घरमा घेरा हालेको समेत उनले बताएका छन् ।  
प्रदेश सभा सदस्य हाङ्गामका अनुसार, राती त्यहाँबाट फर्किएका केही प्रहरीहरूको लौरो समेत आफ्नो घरमा छाडिएको दाबी गरेका छन्  ।  घटना  ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ५ वीरेन्द्र चोकमा भएको हो । 
प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले माननीयसँग सामान्य विवाद भएको बताए । उनले नौ बजेपछि जात्रा बन्द गर्न भने पनि माननीय सहितको टोली बाटोमा बसेकाले सामान्य विवाद भएको बताए ।  उनले भने घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।