इटहरी । पहिचानवादीहरूले अवरोध गर्न खोजे पनि नयाँ नेतृत्व चयन गर्दै  युवा सङ्घ नेपाल कोशी प्रदेशको  अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले अरुण गुरुङको  अध्यक्षतामा  ८९ सदस्यीय नयाँ  कमिटी निर्वाचित गरेको छ ।
गुरुङ यस अघि अधिवेशन आयोजक कमिटीका संयोजक थिए । अधिवेशनले उपाध्यक्षमा जयप्रकाश रायमाझी,सचिवमा विनोद राना सहसचिवमा नीरजमान सिंह बस्नेत, सहसचिवमा  शरण फागोलाई निर्वाचित गरेको छ ।
प्रथम अधिवेशनले कोषाध्यक्षमा  दीपेन्द्र  तामाङलाई निर्वाचित गरेको नव निर्वाचित अध्यक्ष अरुण गुरुङले बताए ।
अधिवेशनले साइबर सर्कल प्रमुखमा  सागर पोखरेललाई जिम्मेवारी दिएको छ ।
यस्तै महिला विभाग प्रमुखको जिम्मा पार्वती तामाङ र सङ्गठन विभाग प्रमुखको जिम्मेवारी आनन्द राईलाई दिएको छ ।
अधिवेशनले मनोज रायलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । यूथ फोर्स प्रमुखमा भने राजन बानिया निर्वाचित भएका छन् ।
धरानमा सम्पन्न अधिवेशन बिथोल्न पहिचानवादी प्रयास गरेका थिए ।
अधिवेशनको उद्घाटन सुभाष नेम्बाङ्ले गरेका थिए । उद्घाटन सत्रमा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, युवा सङ्घ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री  महेश बस्नेतलगायतले अधिवेशनको शुभकामना मन्तव्य दिए ।