सुनसरी । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको राम धुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेका थिए । तत्काल उद्धार गरी उपचारकोलागी जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
यसै गरी सुनसरीको इटहरी उप–महानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुवै घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।