जोगवनी । भारतीय सरकारका केन्द्रीय गृहमन्त्री अमित साह जोगवनी आउने भएका छन् । सेप्टेम्बर १६ तारिखको दिन सरकारी कार्यक्रममा सहभागी हुन उनी जोगवनी आउन लागेको भारतीय सुरक्षा अधिकारीले बताएको छ । उनले जोगबनीस्थित एकीकृत जाँच चौकी (आईसीपी) नजिकै सीमा सुरक्षा बल (बीजीएफ)को लागि निर्माण गरिएको आवास भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भवन एसएसबी अफिसर र सिपाहीहरूको लागि बनाइएको जोगबनी आईसीपीका प्रबन्धक रत्नाकर यादवले बताए । भवन उद्घाटनमा केन्द्रीय गृहमन्त्री आउने भएपछि सीमा क्षेत्रको सुरक्षालाई समेत ध्यानमा राखिएको उनले बताए ।