विराटनगर । कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पत्रकारले देशमा साम्प्रदायिक र धार्मिक सद्भाव कायम गर्न लाग्नु पर्ने बताएका छन् ।

कोषराज रेग्मी स्मृति राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले धार्मिक र साम्प्रदायिक सद्भाव कायम गर्न सके मात्रै देश अगाडि बढ्ने बताए ।
अहिले अरू पनि धेरै विषय होलान् त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा जातीय र धार्मिक द्वन्द्व हुनबाट रोक्नु हो । खापुङले पत्रकारले चाहे देशमा धार्मिक र साम्प्रदायिक द्वन्द्व रोकिने बताए । उनले भने यसो गर्न सकिए देशको विकास हुन्छ ।  सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु पर्ने प्रमुख खापुङले बताए ।
उनले भने, ‘पत्रकारले सत्य तथ्य समाचार सम्प्रेषण गर्दा देश र राज्यलाई फाइदा पुग्छ । पत्रकारको जग भनेकै सत्य हो सत्यका आधारमा समाचार लेख्नुस् ।’ 
कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार धर्मेन्द्र झा पुरस्कृत भएका छन् ।उनलाई कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पुरस्कार तथा सम्मान पत्र प्रदान गरे ।
श्री पीताम्बर खिलेस्वरी स्मृति प्रतिष्ठानले स्थापना गरेको पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । झा नेपाल पत्रकार महासङका पूर्व अध्यक्ष हुन । यस अघि सो पुरस्कार विष्णु निस्ठुरी र हरिहर दहालले प्राप्त गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महासङ मोरङको आयोजनमा सम्पन्न भएको हो ।