विराटनगर । मोरङ व्यापार सङ्घ महिला उद्यम समितिले विराटनगरमा  दर खान कार्यक्रमको आयोजना गरेको छ। हरितालिका तिज नजिकिँदै गर्दा सामाजिक रूपमा केही गर्ने उद्देश्य सहित दर कार्यक्रमको आयोजना गरेको हो ।  मोरङको बुढीगंगा गाउँपालिका १ स्थित महिला जागृति तथा वृद्धा आश्रमका एकल तथा वृद्ध महिलाहरूलाई दर खुवाएर विशेष कार्यक्रम गरेको 
 महिला उद्यमी समितिका सदस्य श्रृति शर्माले जानकारी दिइन् । 2
कार्यक्रममा सङ्घका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नवीन रिजाल, सङ्घको महिला उद्यम समिति संयोजक वन्दना जैन, सचिव  साधना झा, सदस्यहरू  नम्रता रिजाल,  अपर्णा सारडा, सुनिता अग्रवाल, जीना श्रेष्ठ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको उनले जानकारी दिइन् ।