विराटनगर । स्नेहा फार्मेसीमा औषधि व्यवसायी तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादव माथि एको घटनाको औषधी व्यवसायी सङ्घले ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले अमानवीय व्यवहार भएको भन्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सङ्घका सदस्य समेत रहेका व्यवसायी यादवमाथि भएको आक्रमण विरुद्ध सत्य तथ्य छानबिन गरी कडा कारवाहीको माग गरिएको छ।
सङ्घका
केन्द्रीय सदस्य प्रदीपकुमार दास, कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडा, मोरङ जिल्लाका महासचिव दिनेश ठाकुर, औषधि बिक्री प्रतिनिधि सङ्घका केन्द्रीय कार्यालय र विराटनगर शाखा, मेडिकल ल्याब्रोरेटरी प्रतिनिधि सङ्घ तथा नेपाल चिकित्सक सङ्घका प्रतिनिधि सहितको संयुक्त टोलीले महानगरपालिकाका मेयर कोइरालालाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
गत बुधवार विराटनगर महानगरपालिकामा नगर प्रहरीले व्यवसायी यादवसँग पार्किङको विषयमा भएको सामान्य विवादमा लछारपछार पार्दै दुर्व्यवहार गरेका थिए । पसल अगाडि नो पार्किङमा रोकेको सिटी सफारीमा नगर प्रहरीले ह्वील लक लगाएपछि त्यसलाई खोल्न यादवले नगर प्रहरीलाई आग्रह गरेका थिए । सोही विषयमा विवाद लम्बिएपछि नगरप्रहरीद्धारा यादवमाथि दुर्व्यवहार भएको आरोप लागेको छ । उक्त घटनाको तत्काल सत्य तथ्य छानबिन गरी दोषीउपर कडा कारबाहीको माग गर्दै मेयर कोइरालाले ज्ञापन पत्र बुझाएको सङ्घका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले बताए । उनले यस्ता खालका कार्यहरू नरोकिए, दोषीमाथि कडा कारबाही नभए व्यवसायीको सुरक्षाको लागि चरणबद्ध आन्दोलन गर्न बाध्य हुने बताए ।