इटहरी। इटहरीमा साँढे गोरुको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । इटहरी १२ खनारमा साँढे गोरु मरेपछि मलामी सहित पुगेकहरुले बुढी खोलामा खाल्टो खनेर साँढे गोरुको दाहसंस्कार गरिएको हो ।
केही समय अगाडि इटहरी १२ खनारमा दुर्घटनामा घाइते भएका गोरुको मरेको थियो । एक महिना अघि दुहबीका किसानलाल अग्रवालको पिक अप भ्यानले ठक्कर दिएर साँढे गोरी घाइते भएको थियो ।
घाइते भएको साँढे गोरुका उपचारमा लाग्ने सबै खर्च गाडी धनी अग्रवालले नै व्यहोर्दै आएका थिए । घाइते साँढेको खनारका स्थानीय बासिन्दा र जनप्रतिनिधिले मिलेर साढेको रेखदेख गर्दै आएका थिए ।
गाडिको ठक्करवाट कम्मर भाँचिएको साढेको उपचारमा इटहरी उपमहानगरपालिकाको पशु चिकित्सक खटिएका थिए । उपचारकै क्रममा साढेको मरेको हो ।
मानवको मात्र हैन हरेक प्राणीले ज्यान गुमाएपछि कम्तीमा उसको पनि सम्मान होस भनेर मलामी सहित गएर साँढेको अन्त यष्टी गरिएको इटहरी उप महानगर पालिका १२ खनारका वडा अध्यक्ष भुवनराज पोखरेलले बताए ।