विराटनगर । मोरङमा  लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका १७ मटेरुवाबाट लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा  सुनसरीको इटहरी उपमहानगरपालिका २० बस्ने ३७ वर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० वर्षीय सुशान्त रिजाल रहेका छन् ।  भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाइकललाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको  छ ।