विराटनगर । संविधान जारी भएको दिनको सम्झनामा कोशी प्रदेश सरकारले नवौँ संविधान दिवस मनाएको छ। कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमको बिच संविधान दिवस मनाइएको हो । संविधान दिवस मनाई रहँदा संविधानका कार्यान्वयनको अवस्था, चुनौती र प्रदेशले कार्यान्वयनमा खेलिरहेको भूमिकाको बारेमा वरिष्ठ अभिवक्ता तथा कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी, कोशी प्रदेश मन्त्रालय तथा मातहतका कार्यालयका कर्मचारी, कोशी प्रदेश सरकारका सचिवहरू, कोशी प्रदेशका प्रदेश सभा सदस्य, प्रदेश सरकारका मन्त्री, उपसभामुख, मुख्यमन्त्री र प्रदेश प्रमुख सहभागी थिए । कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा यस्तो देखियो संविधान दिवस (तस्विर : सुमन सुस्केरा /सञ्चारपाटी डटकम)