विराटनगर । नेकपा ( एमाले ) कोशी प्रदेश संसदीय दलको सचेतक कमला दर्नाल नियुक्त भएकी छन् । सचेतक सिर्जना राई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएपछि खाली रहेको सचेतकमा कमला दर्नाल नियुक्त भएकी हुन् । उनी तेह्रथुमबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी हुन् । उनलाई मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भएकोमा दर्नाललाई नियुक्त गरिएको हो । यस अघि प्रमुख सचेतकमा भने रेवती रमण भण्डारी नियुक्त भएका छन् । आजै मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्देछन् । ४ बजे नव नियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम तोकिएको छ ।