विराटनगर ।  झापा र मोरङबाट प्रहरीले लागु औषध ब्राउन सुगर सहित  पाँच जनालाई लागु औषध सहित पक्राउ गरेको छ । प्रहरीले झापाबाट ३ जना र मोरङबाट दुई जना गरी ५ जनालाई पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका मेचीनगर नगरपालिका–६का २० वर्षीय सुजन विश्वकर्मालाई पक्राउ गरेको हो ।  एक ग्राम लागु औषध ब्राउन सुगर सहित उनलाई पक्राउ गरेको हो । 
त्यस्तै झापाको शिवसताक्षी नगरपालिका–११ दुधे स्थित बस काउन्टरबाट प्र १–०१–०१३प६५८१नम्बरको स्कुटरमा चामलको बोरा भित्र  लुकाएको अवस्थामा  ९ ग्राम ७ सय ७० मिलिग्राम लागु औषध ब्राउन सुगर र स्कुटर सहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरूमा  शिवसताक्षी नगरपालिका–१ धरमपुरका २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  लागु औषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ। 

त्यस्तै मोरङको विराटनगर महानगरपालिका–१५बाट प्रहरीले ठुलो परिणाममा लागु औषध ब्राउन सुगर बरामद गरेको छ ।  लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट  खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै व्यक्तिहरूलाई अनुसन्धानको क्रममा लागु औषध फेला परेपछि पक्राउ गरेको हो ।  सुनसरीको इटहरी उप–महानगरपालिका–१२ का ४० वर्षीय सुशील कुमार साह र चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ का ३२ वर्षीय राजकुमार श्रेष्ठको साथबाट ५८ ग्राम ७८ मिलिग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर र नगद १० हजार बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  लागु औषध सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।