विराटनगर । नेपाल जेसीजले विराटनगरमा  सम्मेलन गर्ने तयारी गरेको छ। विराटनगर जेसीजको आतिथ्यमा १९ वर्षपछि विराटनगरमा जेसीज क्षेत्र (क) सम्मेलन यही असोज १२ र १३ गते हुुन लागेको हो ।  जेसीजले विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो । 
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख आतिथ्यमा सुरु हुने सम्मेलनमा कोशी प्रदेशका सबै जिल्लाहरू  सहित मधेस प्रदेशका सर्लाही पूर्वका जिल्लाहरूका ४३ शाखाको १५ सय प्रतिनिधि सहभागी हुने जानकारी दिइएको छ। 
नेपाल जेसीज अन्तर्गत रहेका १७६ शाखालाई चार क्षेत्रमा बिभाजन गरिएको छ ।   अन्य क्षेत्रको सम्मेलन सम्पन्न भइसकेको आयोजक समितिका सभापति तथा जेसीजको कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेतले जानकारी दिईन्  ।  असोज १२ गते  पहिलो साधारण सभा सम्पन्न हुनेछ भने  जुनियर जेसीज मिटिङ र सिनेटर मिटिङ सम्पन्न हुने विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले जानकारी दिए ।  युवा मोटिभेसनल स्पिकर  सृष्टि केसीको प्रशिक्षण दिने,  नेपाल जेसीजका उपाध्यक्ष गुरुदेव पौडेलको संयोजकत्वमा क्षेत्र क स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने तथा विराटनगर क्षेत्रको मौलिक खानपान तथा सस्कृती प्रवर्द्धन गर्दै विराटनगर नाइट कार्यक्रम सम्पन्न हुने उनले बताए । कार्यक्रम शान्ति र्‍याली,  विराटनगरको मौलिक सस्कृती झल्कने झाँकी सहित विभिन्न नृत्य प्रस्तुत गरिने जनाइएको छ । सहभागीहरूलाई दृश्यावलोकन भ्रमण औद्योगिक नगरी विराटनगरका विभिन्न औद्योगिक क्षेत्र तथा प्राचीन सभ्यता बोकेको विराट राजाको दरबार क्षेत्र भ्रमण गराइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।  विराटनगरको प्रवर्द्धन गर्ने उद्देश्यको कार्यक्रमको आयोजना गरेको कार्यकारिणी उपाध्यक्ष बस्नेतले बताइन्  । 

माधव भट्टराईको नेतृत्वमा थिम सेमिनार,  सेमिनारमा सङ्घीय सांसद योगेन्द्र मण्डल, योगेश भट्टराई र सबिधान सभा सदस्य डाक्टर मिनेन्द्र रिजाल वक्ताका रूपमा आउने सम्मेलनका निर्देशक टिपी आचार्यले बताए । पत्रकार रुपेश श्रेष्ठले मञ्च मन्त्र – पब्लिक स्पिकिङ तालिमको  सञ्चालन गर्ने जनाइएको छ। कार्यक्रमलाई थप आकर्षण बढाउन राष्ट्रिय कलाकार विपिन कार्की तथा अन्य कलाकारहरूको समेत प्रस्तुति रहने छ । कार्यक्रममा वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्र संचालनकोलागि ५० हजार नगद सहयोग गर्ने कार्यक्रम रहेको आचार्यले बताए ।