विराटनगर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार रहँदा सम जनताले सुख नपाउने बताएका छन् ।  विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले अहिले गठबन्धन सरकार जनता प्रति उत्तरदायी नभएको बताएका हुन्  । गठबन्धन सरकारको कारण सबै क्षेत्रमा अस्थिरता बढ्दै गएको समेत ओलीले बताएका छन् । कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भएको बताएका ओलीले  मध्यावधिमा जाने अवस्था नभएको बताए । ‘तत्काल कोशी प्रदेश मध्यावधिमा जान्छ की भन्ने आशङ्काहरू भई रहेका छन्, ओलीले भने,   तत्काल मध्यावधिमा जान सक्ने अवस्था रहँदैन ।’  यदि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले कोशी प्रदेशमा भारी वहुुमत ल्याउने पनि दाबी गरे ।   नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्न आएका ओलीले कसरी नेतृत्व छान्ने भन्नेमा प्रतिनिधिको हात रहेको बताए । ‘पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको छ, ओलीले भने, अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हो, नयाँ नेतृत्व छान्ने  काम प्रतिनिधिबाट नै हुन्छ  ।’