विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको कोशी प्रदेशको नेतृत्व सकेसम्म सहमति तथा समझदारीका आधारमा चयन गर्न निर्देशन दिएका छन् । शुक्रवार विराटनगरमा नेकपा एमाले प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका हुन् । उनले समृद्ध नेपाल निर्माण गर्ने बाटोमा हिँडिरहेको एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गर्ने कार्य भइरहेको भन्दै अहिलेको आवश्यकता एकता र भएको सम्झाए । उनले भने मिसन ८४ अगाडी सारेकाले हरेक ठाउँ र हरेक वडामामा एमाले ५१ प्रतिशत हुनु पर्ने बताए ।
उनले हरेक टोल र घरमा पार्टीको सङठन पुर्‍याउनु पर्ने बताए । मिसन ८४ मा बहुमत मात्रै होइन कम्तीमा ५१ प्रतिशत एमाले हुनु पर्ने बताए ।
अहिले एमालेविरुद्ध मिडियाहरू योजनाबद्ध ढङ्गले लागेको आरोप लगाए । उनले भने, ‘हामीलाई अहिले कसै गर्दा पनि धर छैन, चुनाव भए एमालेमा केपी ओलीको कुरा सुन्न छाडे भनेर समाचारहरू आउँछ । चुनाव भएन भने एमालेमा निरङ्कुश भयो भन्छन् ।’
उनले नेतृत्वको मूल्याकंन के छ त्यसको इसारा बुझेर नेतृत्व छान्न कार्यकर्तालाई सुझाव दिएका छन् । सहमति नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीको सुझाव छ।
कोशी प्रदेशमा भौगोलिक विविधता रहेको बताए । उनले वेदको र  गायत्री मन्त्रको रचना पनि कोशी प्रदेशमा भएको दाबी गरे । उनले मुन्धुमको रचना समेत कोशी  प्रदेशमा भएको दाबी गरे ।
२८ सय वर्ष अघि चरक ऋषीले पहिलो पटको यसै प्रदेशमा शल्यक्रिया गरेको दावी गर्दै  त्यो समय पछि शल्यक्रिया गरेर बिरामीको उपचार भई रहेको बताए ।  अध्यक्ष ओलीले कोशी प्रदेश  शिव र बिश्वमित्रको तपस्या गरेको भूमि भएको  दाबी गरे । 
ओलीले सबै भन्दा पहिला ज्ञानको सुरुवात यसै प्रदेश बाट भएको भन्दै  अहिले यो प्रदेश पछि परेको बताए । उनले यस्तो पवित्र भूमिको विकासको जिम्मा एमालेको काँधमा आएको बताए।