विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको बन्द सत्र सुरु गर्ने तयारी भएको छ । भूगोल र जन सङ्गठनबाट आएका प्रतिनिधिहरू अधिवेशन स्थलमा भेला भएका छन् । साँझ ६ बजेबाट बन्द सत्र सुरु गर्ने तयारी भएको एमाले कोशी प्रदेशका उप सचिव शैलेश लामाले बताए । एमाले पार्टी सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल बनाउने तयारी भएको छ । बन्द सत्रको अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरधन राई, हिक्मत कार्की, राजेन्द्र गौतम, अग्नि खरेल, डा शिवमाया तुम्बाहाम्फे लगायतका नेताहरू रहने छन् । दिउँसो एमाले अध्यक्ष कोपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले सर्व सम्मत नेतृत्व चयनमा जोड दिएका थिए ।
यस्तै बरिष्ण् उपाध्यक्ष ईश्वर पोख्रेल, महासचिव शङ्कर पोख्रेलले पनि सहमतिमा नेतृत्व चयनका लागि निर्देशन दिएका थिए । नेताहरूले निर्देशन दिए पनि चुनाव हुने देखिएको छ । अध्यक्षका लागि अहिले विनोद ढकाल र घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धी देखिएका छन् । सचिव र उप सचिवमा समेत आकाङ्क्षी धेरै हुँदा आज १० बजे सम्म बन्द सत्र चलेर बिहान सबेरैबाट बन्द सत्र सुरु गर्ने तयारी रहेको छ ।