विराटनगर । नेकपा एमाले कोशी प्रदेशका अध्यक्षका प्रत्याशी विनोद ढकालले प्यानल विना नै निर्वाचनमा होमिएको बताएका छन् । उनले प्यानल बनाएर निर्वाचनमा गयो भन्नु बेकारको कुरा भएको बताए । 
उनले पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा हुनु स्वभावीका भएको भन्दै आफू प्यानल बनाएर निर्वाचनमा नगएको दाबी गरे ।  अधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै ढकालले भने, ‘पार्टी भित्र न विचारको समस्या छ न नेतृत्वको । विचार र नेतृत्वमा समस्या नभएकाले गुट र प्यानल बनाएर जानु पर्ने आवश्यकता छैन ।’ 
उनले आफू अध्यक्षको उम्मेदवार भएको भन्दै खुल्ला र स्वास्थ्य प्रतिस्पर्धा गरेको बताए । नेतृत्वले अहिले कसैलाई यो या त्यो भनेको छैन । नेतृत्वले सहमतिमा नेतृत्व चयन हुन नसके प्रतिस्पर्धामा नेतृत्व छानौ  भनेकाले निर्वाचनमा गएको बताए ।  अहिले पार्टी अध्यक्ष केपी ओलीको पक्ष या विपक्ष भन्ने नै छैन । हामी सबै उहाँका कार्यकर्ता हौ । उहाँ हाम्रो अध्यक्ष हो । अहिले अध्यक्षले यो लाइन र उ लाइन दिएको भनेर एमालेलाई विभाजीत  गर्न खोजिएको बताए । अहिले अध्यक्षलाई विवादमा ल्याउन खोजिएको छ । अध्यक्षले कसैलाई लाइन या इसारा दिनु भएको छैन ।  उनले भने एमालेलाई कोशी प्रदेशमा एमालेलाई नम्बर वान पार्टी बनाउन अध्यक्षमा उम्मेदवारी दिएको बताए ।