विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदान शुरु भएको छ ।
अन्तिम समय सम्म पनि सहमति जुट्न नसकेपछि नया नेतृत्व चयनका लागि निर्वाचन भएको हो । आइतबार दिउँसो १२ बजेबाटै मतदान गर्ने भनिएको भएपनि राती १० बजेबाट मतदान शुरु भएको हो । मतदानका लागि ३५ स्थानबाट मत हाल्ने व्यबस्था गरिएको छ । मुख्य निर्वाचन अधिकृत चुणामढी आचार्यले १ जनाले १५ मिनेटमा मत हालिसक्ने गरिको तयारी भएको बताए ।
प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।
ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।
यसैगरी सचिबमा पाचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा उमेदवार छन । २ जना उपसचिवमा ३ जनाको मनोनयन परेको छ । उप सचिवमा खोटाङका देवान राई झापाकी जलबर्षा राजवङ्शी र मोरङका खेम नेपालीको मनोनयन दर्ता भएको छ ।