विराटनगर ।  नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदान  भएको छ ।
अन्तिम समय सम्म पनि सहमति जुट्न नसकेपछि नयाँ नेतृत्व चयनका लागि  निर्वाचन भएको हो । आइतबार दिउँसो १२ बजेबाटै मतदान गर्ने भनिएको भए पनि राती १० बजेबाट मतदान सुरु भएको हो  ।
कुल ९ सय ९७ जना प्रतिनिधि मध्य ९ सय ७७ मत खसेको छ । मतदानमा २० जना प्रतिनिधि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।
ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।
यसै गरी सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा उम्मेदवार छन् । २ जना उपसचिवमा ३ जनाको मनोनयन परेको छ । उप सचिवमा खोटाङका देवान राई झापाकी जलबर्षा राजवंशी र मोरङका खेम नेपालीको मनोनयन दर्ता भएको छ ।