विराटनगर । नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन । खतिवडाले ५१२ र अर्का प्रत्याशी विनोद ढकालले ४३९ मत पाए ।
प्रदेश अध्यक्षमा विजयी भएसङै नेकपा एमाले मोरङको पाँचौँ जिल्ला अधिवेशनमा हारेको बदला लिएका छन् । सो अधिवेशनमा ढकालले खतिवडालाई हराएका थिए । यस पछि उनीहरूका बिचमा प्रतिस्पर्धा भएको थिएन ।खतिवडा मदन भण्डारीसङ काम गरेका नेता भए पनि एमालेको प्रमुख नेतृत्वमा आएका थिएनन् । मोरङको तत्कालीन जाते गाविसको अध्यक्ष भएका खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । उनले डिक काङ्ग्रेसका  बहादुर लिम्बुलाई पराजित गरेका थिए ।
२०७९ को निर्वाचनमा भने उनी लिम्बूसङै पराजित भएका हुन ।कूल ९९७ प्रतिनिधि रहेको अधिवेशनको ९७७ मत खसेको थियो ।
एमाले कोशीको अधिवेशन मा सचिवमा राजकुमार भन्डारी विजयी भएका छन । उनले अर्का प्रत्याशी सैलेश लामालाई हराए । जलबर्षा राजबन्शी र देवान राई विजयी भए ।