इटहरी । इटहरी उपमहानगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ। मङ्गलवारदेखि इटहरी उपमहानगरपालिकाले पालिकाबाट नै श्रम स्वीकृति दिन थालेको हो । वैदेशिक रोजगारीमा जान चाहनेहरूको लागि श्रम स्वीकृतिका लागि अब बाहिर जानु पने झन्झट टरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार इटहरीले पहिलो पटक इटहरी बसोबास गरिरहेका रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गरेर सेवा दिन सुरु गरेको हो ।
वैदेशिक रोजगारमा जाने युवायुवतीले यस अघि काठमाडौँ गएर मात्र श्रम स्वीकृति लिनु पर्ने बाध्यता रहेको थियो । इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले पहिलो श्रम स्वीकृत प्रदान गर्दै काठमाडौँ गएर श्रम स्वीकृति लिनु पर्दा झन्झट हुने, लागत बढी लाग्नेमा अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुने बताए ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर आउनु पर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने मेयर पौडेलले बताए । ‘श्रम स्वीकृति प्राप्त गरेका राईले अब झन्झट हटेको बताए । ‘पहिला श्रम स्वीकृतिका लागि काठमाडौँ जानुपर्थ्यो, एजेन्ट लगाउनुपर्थ्यो, उनले भनने, पैसा पनि बढी तिर्नुपर्ने, काम पनि ढिला हुँदा समस्या थियो, अब स्थानीय तहबाटै सेवा लिन पाउँदा खुसी लागेको छ।’