विराटनगर । कोशी प्रदेश सभाको बैठक अनिश्चितकाको लागि स्थगित भएको छ।  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँग बैठक अर्को अनिस्चित कालको लागि स्थगित भएको हो ।  मुख्यमन्त्रीको विश्वासको मतका लागि शनिवार दिउँसो १ बजेलाई प्रदेश सभाको बैठक बोलाइएको थियो । दिउँसो ३ बजे शुरु भएको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएपछि  बैठक  अनिश्चित बनेको हो । मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएसँगै कोशी  प्रदेशमा अब संविधानको धारा १८६ (५) अनुसारको सरकार आव्हान हुने छ ।  सो धारा अन्तरगत बन्ने सरकारले फेरी ३० दिन भित्र विश्वासको मत लिई सक्नु पर्ने संविधानमा भनिएको छ।  संविधानको धारा १६८ उपधारा (५) अनुसार कुनै पनि प्रदेशसभा सदस्यलाई दलको ह्विप नलाग्ने र  जुनसुकै सदस्यले पनि प्रदेश सभामा सभामा विश्वास कायम रहेको भनी प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका त्यस्तो प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। 

प्रदेश सभामा कायम रहेको सदस्य सङ्ख्या ९३ जना रहेकोमा ४७ जना सांसद भएपछि मात्र विश्वासको मत पाउन सक्ने देखिन्छ ।  कोशी प्रदेश सभामा नेकपा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद सहितको कोशी प्रदेश सभामा९३ जना सांसद रहेका छन् ।