विराटनगर । पार्टीको निर्णयविरुद्ध नेपाली कांग्रेसका ८ प्रदेशसभा उभिएका छन् । कांग्रेसले माओवादीका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णयको विरोध गर्दै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।
कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् । यसअघि काँग्रेसको संसदीय दलमा भएको निर्वाचनमा कार्कीले ९ मत नै ल्याएका थिए ।
त्यसबेला उनलाई समर्थन गरेका भोजपुरका विनोद वान्तवाले हस्ताक्षर गरेरन् । यसअघि उद्धब थापालाई मत दिएकी सुनिता गुरुङले भने अहिले हस्ताक्षर गरेकी छन् ।