विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया ५ बजेबाट सुरु गर्ने बताएका छन् । मुख्यमन्त्री नियुत्तीका लागि दाबी पेस गरेका केदार कार्की समूहका प्रदेश सभा सदस्यहरूसँगको भेटमा आज ५ बजे सम्म समय सीमा रहेकाले ५ बजेपछि मुख्यमन्त्री नियुक्तिको प्रक्रिया थाल्ने बताएका हुन् । काँग्रेसको केन्द्रका निर्णय विरुद्ध विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका प्रदेश सभा सदस्यहरू बहुमत पुग्दा पनि किन मुख्यमन्त्रीमा नियुक्ति नगरेको भन्दै प्रदेश प्रमुखलाई भेट्न गएका थिए ।
उनीहरूले श शरीर उपिश्थित भएर दाबी पेस गर्दा पनि मुख्यमन्त्रीमा नियुक्त नगरेको विषयमा प्रदेश प्रमुख समक्ष असन्तुष्टि जाहेर गरेका थिए । काँग्रेस केन्द्रको निर्णय विरुद्ध विद्रोह गरेका प्रदेश सभा सदस्य सम्शेर राईले ५ बजेपछि प्रक्रिया थाल्ने आश्वासन पाएको बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ५ बजेपछि प्रक्रिया थाल्छु भन्नु भएको छ । हामी मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्नेमा विश्वस्त छौ । बिहीबार नै सत्ता गठबन्धनको बैठकले गठबन्धनका तर्फबाट माओवादीका इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा पुरानो हस्ताक्षर सहित इन्द्रबहादुर आङ्वाले े समेत मुख्यमन्त्रीको दाबी पेस गरेका छन् ।
बिहीबार सत्ता गठबन्धनको निर्णयबाट विद्रोह गरेर आएका केदार कार्कीलाई एमालेले मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको थियो । काङ्ग्रेसबाट आएका ८ र एमालेका ३९ जना प्रदेश सभा सदस्यहरूले केदार कार्कीलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । कोशीमा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्दछ ।