विराटनगर । काङ्ग्रेसबाट विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका प्रदेश सांसद मध्येबाट पनि २ जना मन्त्री बनाउनु पर्ने भएपछि आज मुख्यमन्त्री सहित ३ जनाको मात्रै शपथ भएको छ ।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की र निवर्तमान मुख्य मन्त्री हिक्मत कार्कीका बिचमा भएको वार्तामा एमालेबाट २ जना मन्त्रीको शपथ गराउने तयारी भएको भए पनि २ जना मात्रै मन्त्रीको शपथ गराइएको हो ।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की शेखर कोइराला र केपी ओलीलाई भेटेर आएपछि एमालेबाट आजै २ जना मन्त्री बनाउने तयारी भएको थियो । एमालेबाट राम राना र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको भए पनि रानालाई मात्रै शपथ खुवाइएको छ ।
काङ्ग्रेसबाट शम्सेर राई मन्त्रीको शपथ खाएका छन् । विश्वासको मत लिएसङै थप मन्त्री परिषद् विस्तार गर्ने सहमति भएको छ ।