विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कार्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको छ ।

सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् ।

NOtice