विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनु अघि नेपाली कङ्ग्रेस कोशी प्रदेश संसदीय दलको बैठक बस्दै छ । दलको निर्णय विपरीत एमालेसँग मिलेर कार्कीले सरकार गठन गरपछि दलको बैठक बस्न लागेको हो । पार्टीको निर्णय नमानी कार्की सहित काँग्रेसका ८ प्रदेश सभा सदस्यले एमालेसँग मिलेर कार्कीलाई मुख्यमन्त्री बनाएपछि दलका नेता उद्धव थापाले राजीनामा दिएका थिए । उनले दलको नेताबाट राजीनामा दिए पनि प्रदेशको पार्टीको सभापतिको हैसियतले संसदीय दलको बैठक बोलाइएको काँग्रेस संसदीय दलका सचेतक भूपेन्द्र राईले जानकारी दिए । बैठकमा कार्कीलाई विश्वासको मत दिने की नदिने विषयमा छलफल हुने बताए । आज विश्वासको मत दिने विषयमै छलफल हुने छ । राईले भने कार्कीलाई विश्वासको मत दिने नदिने निर्णय भएपछि सरकारमा सहभागी हुने या नहुने बिषय छलफल हुने बताए । 

कोशी प्रदेशमा काँग्रेसले माओवादीका इन्द्र आंवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । केन्द्रीय सत्ता गठबन्धनको निर्णय विपरीत काँग्रेसका प्रदेश सभा सस्यले संविधानको धारा १६८९५० अन्तगत एमालेको संसद्को समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए  । 

पार्टीको निर्णय विपरीत उनी सहित ८ जना प्रदेश सभा सदस्यले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमालेका ३९ प्रदेश सभा सदस्यले कार्कीलाई समर्थन गरेका थिए । कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै एमालेबाट राम राना र कांगंग्रेसकै विद्रोही मध्येबाट सम्शेरराई मन्त्री भएका छन् । 

मङ्गलवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधवार को  मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

सत्ता गठबन्धनको निर्णय विपरित कार्कीले मुख्यमन्त्रीको दावी पेस गरेपनि माओवादी र एकिकृत समाजवादीले उनलाई विश्वासको मत दिने निर्णय गरेको छ । राप्रपाले भने विश्वासको मत नदिने निर्णय गरेको छ ।