इटहरी । भारत र चीनसँग सिमा जोडिएका स्थानीय तहका जनप्रतिनिधिहरुले मानव बेचबिखन र लागुऔषधको ओसारपसारको नियन्त्रणमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन ।

 शसस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनी पकली सुनसरीले बुधबार आयोजना गरेको सीमावर्ती स्थनिय तहका वडाध्यक्षहरुसँगको अन्तक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले सीमा सुरक्षामा खटिने शसस्त्र प्रहरीले स्थानीय जनताको अपेक्षा पुरा गर्नुपर्ने बताए । 

समय समयमा उत्पन्न हुने सीमा विवाद, सीमावर्ती अपराध र गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचान गरी निरन्तर समन्वय, पारस्पारिक सहयोग र सुचना आदनप्रदान हुनुपर्ने जनप्रतिनिधिहरुले सुझाव दिएका छन् । 

पछिल्लो समय सीमानाका कडाइको नाममा सीमावर्ती क्षेत्रका बजारबाट घरायसी प्रयोजनाका लागि खाद्यान्न तथा लत्ताकडा समेत ल्याउन नदिएको भन्दै सर्वसाधारण नागरिक माथी हुने गरेको दुव्र्यवहार रोक्नुपर्ने जनप्रतिनिधिहरुले माग गरेका छन् । 

कार्यक्रममा बराह बाहिनी पकलीका प्रहरी नायब महानिरिक्षक डिआईजी अञ्जनीकुमार पोखरेलले स्थानीय तह अन्तर्गतका वडाअध्यक्षहरु सीमावर्ती क्षेत्रका समस्याको बारेमा बढी जानकार हुने भएकाले उनीहरुले दिएको सुझाव कार्यान्वयन गरिने बताए । 

कार्यक्रममा नेपाल र चीनसँग सीमा जोडिएका कोशी प्रदेशको सुनसरी, मोरङ, झापा, इलाम र पाँचथरका ५० जना भन्दा बढी वडाअध्यक्षहरुको सहभागीता रहेको थियो ।

APF sunsari 2