इटहरी । सामाजिक सद्भाव र आपसी एकताको कामना गर्दै उद्योग वाणिज्य संंघ इटहरीले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा उद्योग वाणिज्य संघ इटहरीले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेल, सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले व्यवसायीहरु माझ शुभकामा व्यक्त गर्दै आपसी सद्भावको कामना गरेका थिए ।
यता व्यवसयाीहरुको तर्फबाट कोशी प्रदेश उद्योग वाणिज्यका अध्यक्ष,उपाध्यक्ष सहित विभिन्न जिल्लाका अध्यक्ष, वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरुले पनि शुभकामना व्यक्त गरेका थिए ।
चाडपर्वको समयमा आपसी सद्भाव र धार्मिक सहिष्णुताको कामना गर्दै शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले जानकारी दिए ।
अध्यक्ष पराजुलीले कार्यक्रमका उपस्थित सम्पूर्ण व्यक्तिहरुलाई शुभकामना व्यक्त गर्दै उद्योगी व्यवसायीको समस्यको विषयमा गम्भिर बन्न आग्रह गरेका थिए । स्थानिय सरकार प्रमुख तथा सुनसरी प्रशासनलाई व्यवसायीका समस्याका विषयमा गम्भिर बन्न उनले आग्रह पनि गरेका थिए ।
कार्यक्रममा रेडिमेड कपड़ा तथा जुत्ता व्यवसायी संघ,,कोशी क्रसर व्यवसायी संघ,,इटहरी वितरक संघ,मदिरा व्यवसायी संघ,होटल व्यवसायी संघ इटहरी,जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ लगायत इटहरीका विभिन्न व्यवसायीहरुको उपस्थित रहेको थियो ।