विराटनगर । दसैँ,तिहार, छठलगायतका चाडपर्वहरूको अवसर पारेर नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङले कात्तिक १८ गते शनिवार शुभकामना आदान प्रदान गर्ने भएको छ ।
आइतबार पाटी कार्यालय विराटनगरमा जिल्ला कमिटीका पदाधिकारी र महानगर कमिटीका पदाधिकारीको संयुक्त बैठकले १८ गते पाटी अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्ययतामा चियापान गर्ने निर्णय गरेको हो ।
चिया पान कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख,मुख्यमन्त्री, राजनीतिक दलहरूलाई समेत निमन्त्रणा गरिने नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटीका अध्यक्ष चन्द्रवार राईले बताए । उद्योगी व्यापारीहरूलाई समेत शुभकामना आदान प्रदान कार्यक्रममा निमन्त्रण गरिने अध्यक्ष राईले बताए । विष्णुमाया पुस्तकालयमा कार्यक्रम गरिने नेकपा एस मोरङले जनाएको छ ।
प्रदेश कमिटीका सचिव महेश रेग्मीको प्रमुख आतिथ्ययतामा बैठक बसेको थियो ।