इटहरी । मोरङको बेलाबारीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । 

बेलाबारी–१० भलुवाईकी २८ वर्षीय सुनिता राजवंशी घरायसी लिपपोतको लागि माटो खन्न गएको ठाउँमा माथिबाट माटोका ढिस्को झरेर पुरिदा मृत्यु भएको हो । 

आइतबार स्थानिय बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा सुनितालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएकोे कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनी सँगै माटो खोज्न गएकी गीता राजबशीले उद्धार गरी अस्पताल पुराएकी थिइन् । गम्भीर घाइते राजवंशीलाई उपचारको लागी नोबेल अस्पतालमा पुराएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।