झापा । झापामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–१ अदुवा पुल स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु भएको हो । सोमबार साँझ पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्रीसिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका–४ कि ६९ वर्षीय सिता साह कलवारलाई ठक्कर दिएको हो । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएकी साहको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स र चालक इलामको माईजोगमाई नगरपालिका–३ का ३६ वर्षीय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।