विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले भूकम्प पीडितकालागि ५ लाख सहयोग गर्ने भएको छ कोशी प्रदेश संसदीय दलको मङ्गलवार बसेको बैठकले भूकम्प पीडितको लागि दलको तर्फबाट ५ लाख दिने निर्णय भएको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । कर्णाली प्रदेशमा भूकम्पमा परि १५३ जनाको ज्यान गएको र हजारौँ विस्थापित भएको तथा सायौँ घाइते भएको कारण क्षति बेहोरेको अवस्थामा त्यहाँकोलागि राहतमा थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले राहत स्वरूप ५ लाख उपलब्ध गराउने निर्णय भएको उनले बताए । त्यो रकम प्रदेश सभा सदस्यहरूको तर्फबाट सङ्कलन गरी उपलब्ध गराइने जनाइएको छ। भूकम्पका कारण पश्चिम रुकुम र जाजरकोटमा ठुलो धनजनको क्षति भएको छ । कोशी प्रदेश सरकारले यस अघि नै एक करोड उपलब्ध गराउने निर्णय गरिसकेको छ।