विराटनगर । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले बिधिवत छठको पूजा सम्पन्न गरेकी छिन् ।
विराटनगर–११ पिचरास्थित नहरमा पुगेर आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएकी कार्कीले सोमबार उदाउँदो सूर्यलाई अर्घ दिइन् । हरेक वर्ष छठको व्रत बस्दै आएको बताएकी कार्कीले पारिवारिक सुख र विराटनगरवासीको कल्याणको कामना गर्दै छठको व्रत बसेको बताउन् ।
परिवारको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घ जीवनसँग समग्र विराटनगरवासीको समृद्धिको कामना गरेको बताउन् ।