विराटनगर । धनकुटा नगरपालिका वडा नं. १ निगालेका एक पुरुषले श्रीमती र छोराको हत्या गरेर आफू पनि आत्महत्या गरेका छन् । धनकुटाको निगाले बस्दै आएका वर्ष ३५ का टिकाराम गुरुङले श्रीमती ३६ वर्षीय भीमा तामाङ गुरुङ र छोरा वर्ष १० का आयुष गुरुङको हत्या गरी आफू पनि पासो लगाएर झुन्डिएको बताइएको छ । सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका नुनढाकीका बासिन्दा उनी केही समयदेखि धनकुटाका मानिकलाल श्रेष्ठको खाली घरमा बस्दै आएका थिए । ज्याला मजदुरी गर्दै आएका गुरुङले मादक पदार्थ सेवनको कारण घरायसी विवादमा घटना गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको प्रहरी टोली घटनास्थल पुगेको छ । मृतक गुरुङ सुत्ने कोठामा झुन्डिएको अवस्था फेला परेका छन् । श्रीमती र छोरा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । मृतक गुरुङकी कान्छी छोरी वर्ष ६ की आसिकी गुरुङ भने छिमेकीको घरमा सुत्न गएकोले बचेको बताइएको छ ।