विराटनगर  । विराटनगरबाट प्रहरीले एक सय ९६ किलोग्राम गाँजा बरामद गरेको छ । विहिबार बिहान विराटनगर महानगरपालिका १८ बाट प्रहरीले गाँजा बरामद गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार इलाका प्रहरी कार्यालय बुधनगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक विजय बस्नेतको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको हो ।

तर, यसको कारोबार, ओसारपसार र भण्डारणमा संलग्न भने पक्राउ पर्न सकेनन् । कारोबारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्लाष्टिकको झोलामा पोको पारी खेतमा परालभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी दाहालले दिए ।

 गाँजा ल्याउने कारोबारीको खोजी भईरहेको प्रहरीले जनाएको छ ।