विराटनगर । मोरङको उर्लाबारीमा भएको आगलागीमा परि थप दुई जनाको मृत्यु भएको छ । योसँगै उक्त आगलागीमा भएको घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
वर्न अस्पतालमा उपचार गराइरहेका कुमार तामाङको आज(विहिबार) बिहान मृत्यु भएपछि आगोलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो । बुधवार राती हेमकुमार दाहालको उपचारको क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उपचारकै क्रममा कार्तिक २९ गते तपन पण्डितको मृत्यु भएको थियो ।
हाल सो अस्पतालमा २२ जना घाइतेहरू उपचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसीयू कक्षमा ६ जना उपचाररत छन् ।
गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी –७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी भएको थियो ।
आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।