विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान मनाइँदै आएको
छ
। ”लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ वर्ष वर्षको १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको सुरुवात गरिएको हो । विराटनगरमा विराटनगर महानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गरेको हो भने विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा रानीमा र्याली निकालिएको छ । विराटनगर महानगरपालिकामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा निवारणकोलागि अभियान चलाउने बताएको छ ।

इलाका प्रहरी कार्यालय रानीको आयोजनामा विभिन्न सङ्घ संस्था, स्थानीय तह जन प्रतिनिधि, विद्यार्थीहरू, टोल सङ्गठनहरूको सहकार्यमा रानीमा प्रभात र्यालीको आयोजना गरिएको छ । र्याली विराटनगर १५ भट्टी मोडबाट सुरु भई विभिन्न बस्तीहरूको परिक्रमा गरी रानी नाकामा पुगेर समापन भएको थियो ।


आगामी दिनहरूमा पनि एकजुट भई विभिन्न हिंसा विरुद्ध कार्य गर्ने कुरालाई ध्यान दिँदै भव्य रूपमा अभियानको सुरुवात भएको उनले बताए । कार्यक्रममा वाड नम्बर १५ का वडा सदस्य इम्तियाज मियाँ, साना हातहरु नेपालका विवश श्रेष्ठ, अभियानकर्ता सदिना खातुन, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष किशोर सुब्बा, सशस्त्र प्रहरीका डिएसपी हेम कुमार पौड्याल लगायतले अभियानको सार्थकताको बारेमा धारणा राखेका थिए । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दीप वेलवासेले १६ दिने अभियान रानीबाट सुरु भएकोले यो अभियानलाई वडा हुँदै टोल टोलमा सबै मिलेर लग्नु पर्ने बताए ।

अभियानलाई निरन्तरता दिँदै आवश्यक सचेतना मुलक कार्यहरु सबैको सहकार्यमा गर्दा सफल हुने बताए ।